संसदमा रास्वपाको नारामा कांग्रेसको नियमापत्ति


२०८२ असार २ सोमबार २३:१४ बजे

काठमाडौं । प्रतिनिधिसभामा आज (सोमबार) अर्थमन्त्री विष्णु पौडेल बोलिररहेका थिए । सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिइरहेका अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ बीचमै रोकिन् । संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले ‘मानव तस्करी’ लगायत आपत्तिजनक शब्द प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै उनले आपत्ति जनाएकी थिइन्।

उनले ‘मानव तस्करी’ बारे सदनमा स्पष्ट पार्न आग्रह गरिन् । उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै उनले ‘पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो ?’ वा ‘कुन विषयको मानव तस्करी हो ?’ भन्दै स्पष्ट पार्न आग्रह गरिन्। ‘आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो ? सदनमा स्पष्ट पारियोस्’, उनले भनिन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित रास्वपाले संसद् अवरुद्ध गर्दै आएको छ । कांग्रेसकी सचेतक थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण भएको बताए। ‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ। संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने । विरोध र समर्थन गर्ने परिपार्टी रहेको उल्लेख गर्दैउनले अब पनि यसमा ध्यान दिनुपर्ने बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७