कलंकीमा स्कुल भ्यान दुर्घटना : एक बालिकाको मृत्यु, सात जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्युु भएको छ। दुर्घटनामा परेर एक नौं बर्षीया सोनाक्षी यादवको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन्।
उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुलबाट बाहिर निस्कने क्रममा स्कुल गेटको पिलरमा ठोक्किएर भ्यान दुर्घटना भएको थियो। सो क्रममा स्कुलका बालबालिका र शिक्षक घाइते भएका थिए । घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन् । उनीहरु सबैको नेपाल नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। त्यसैगरी स्कुलका प्रधानन्याकप ४६ वर्षीया सुरज पोख्रेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की पनि घाइते भएका छन् । उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको छ।