कांग्रेस–एमालेलाई अहिले जनताले हेरिरहेका छन् : अग्नि सापकोटा


२०८२ असार २ सोमबार १८:५४ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप लगाएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले कांग्रेसलाई पनि नजर भरी हेरिरहेका छन्। एमालेलाई पनि हेरिरहेका छन् । अझ काँग्रेस त त्यस्तै पार्टी हो। हामीले जानेकै पार्टी हो। त्यो प्रजातान्त्रिक सामन्तहरुको पार्टीमा मान्छेलाई धेरै आशा थिएन।’ तर एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जाबोध गर्ने गरेको पनि सापकोटाले बताए। उनले भने, ‘एमालेका कार्यकर्ताहरुको हामी जहाँ जहाँ पुग्यौं, त्यहीँ त्यहीँ शीर निहुरिएको छ। उनीहरु असाध्यै लजास्पद छन्।’

उनले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन्। देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको उनले दाबी गरे। माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको उनको भनाइ थियो।

उनले अहिले जनता कांग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खाली गरिदिएको जिकिर गरे। उनले भने, ‘काँग्रेस, एमालेबाट निर्वाचित भएकाहरुले पनि बाटोमा जुनजुन पालिकाहरु परे तिनीहरुले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्नेकुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७