इजरायल–इरानबीचको युद्धमा अहिलेसम्म कतिले गुमाइसके ज्यान ?


२०८२ असार २ सोमबार १९:०३ बजे

काठमाडौँ । इजरायल र इरानबीच विगत ७२ घण्टादेखि युद्ध चलिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी चार सय बढीको मृत्यु भएको छ भने १७ सय भन्दा बढी घाइते भइसकेका छन्। इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने १,२७७ जनाभन्दा बढी घाइते भएका छन् । अमेरिकामा रहेको मानव अधिकार कार्यकर्ता समूहले भने इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।

इरानले इजरायलमाथि सयौं क्षेप्यास्त्र प्रहार गरेको छ। यी आक्रमणमा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन्। इजरायलले आइतबार इरानी विदेश मन्त्रालयमा आक्रमण गरेको थियो । जसमा धेरै जना घाइते भएका थिए। यसको एक दिनअघि इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण भएको थियो। यसैबीच इरानले पाकिस्तानले इजरायलले तेहरानमा आणविक आक्रमण गरेमा इजरायलमाथि आणविक आक्रमण गर्ने ग्यारेन्टी दिएको बताएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा दुई देशबीच चाँडै सम्झौता हुने दाबी गरेका छन्। ट्रम्पले भने कि जसरी उनले भारत र पाकिस्तान बीच युद्धविराम ल्याए, त्यसरी नै उनी इजरायल र इरान बीचको युद्ध पनि रोक्ने छन्। ट्रम्पले कहिलेकाहिँ उनीहरूलाई लड्न पनि दिनुपर्ने बताएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७