सुनको भाउ आज तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज सुन सोही मूल्यमा खरिद बिक्री भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। एक तोला चाँदीको मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार एक तोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।