सुनसरीमा प्रहरीले चलायो तीन राउण्ड गोली


२०८२ जेठ १० शनिबार ०१:१२ बजे

सुनसरी । सुनसरीको बराहक्षेत्रमा आज (शनिबार) साँझा तीन राउण्ड गोली चलेको छ । गाँजा कारोबारी नियन्त्रणमा लिन प्रहरीले सुनसरीको बराहक्षेत्रमा गोली चलाएको हो । शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।

गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर बराहक्षेत्र नगरपालिका–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका छन् । उनको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बोरा बोकेर हिंडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अरु भने बोरा छाडेर भागेका थिए । खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७