राजनीतिक नेतृत्वको गलत क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती : जनमोर्चा


२०८२ जेठ १० शनिबार ००:०८ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनु पर्नेमा जोड दिएका छन्। 

गणतन्त्र दिवस–२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए। अध्यक्ष केसीले भने, ‘त्यसका लागि नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताको समेत गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ।’

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्न परिवर्तन पक्षधर नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘प्रतिगमन वा राजतन्त्रको पुनःस्थापना जस्तो प्रयत्नलाई पराजित गर्न संघर्षलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो।’

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इशारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औंल्याए।

वामपन्थी नेता नवराज सुवेदीले सत्ता र बाहिर रहेका दलहरुबीचको गहिरो खाडललाई साँघुर्‍याउँदै लैजानुपर्ने बताए। विश्लेषक झलक सुवेदीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रगतिशील भए पनि शासकीय भूमिकामा रहेका व्यक्तिको शैली र कार्यपद्धतिका कारण मुलुकले आशातित सफलता पाउन नसकेको जिकिर गरे । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७