गौतम डंगोलको शब्द सुरेश र रोजिनाको स्वारमा 'तिमीले नै' गीत सार्वजनिक (भिडिओ)


२०८२ जेठ १० शनिबार ००:४८ बजे

काठमाडौं । गीतकार गौतम डंगोल ‘सन्देश’ले शब्द श्रृजना रहेको  'तिमीले नै’ गीत सार्वजनिक भएको छ । 
गौतम डंगोल 'सन्देश'को शब्द, विशाल निरौलाको सङ्गीत, गायक सुरेश लामा र रोजिना बस्नेतको आवाजमा नयाँ गीत 'तिमीले नै'हो सार्वजनिक गरेका छन् । 

मायाको वर्णन गरिएको डंगोलको गीत मंगलबार समिस्रण इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । अन्जन शर्माको निर्देशनमा रहेको भिडियोमा जीबन बिश्वकर्म र सुस्मा लामाको अभिनय रहेको रहेको छ । सिनेम्याटोग्राफर मुकेश हुमागाई र सम्पादन राज धामीले गरेको हो । 

गीतकार डंगोल नेपाली तथा नेवारी साहित्य योगदान दिँदै आएका छन् । उनका आधा दर्जन गीतहरु सार्वजनिक भइसकेका छन् । उनी नेशनल ब्राण्ड म्युजिक अवार्ड २०७७ को उत्कृष्ट नव आधुनिक गीतकार विधा तथा नीम्स अवार्ड २०७८ को उत्कृष्ट पप गीतकार विधावाट सम्मानित भईसकेका छन् ।

गौतम डंगोल विद्युत नियमन आयोगको सदस्य रहेका छन् । उनी नेपालका ४ ठुला वाणिज्य बैंकहरुका विभिन्न पदहरुमा रहि काम गरको १८ वर्षे बैंकिङ्ग कार्यानुभव रहेको छ । कुमारी बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, सनराईज बैंक लिमिटेड र एन आई सि एसिया बैंक लिमिटेडमा कार्यरत रहँदा सदस्य डंगोलले ईलाम शाखा प्रबन्धक, बौद्ध शाखा प्रबन्धक, कर्जा प्रशासन विभाग प्रमुख, मानव संसाधन विभाग प्रमुख, कर्जा संचालन विभाग प्रमुख, कर्जा नियन्त्रण विभाग प्रमुख, वागमती प्रदेश कर्जा असुली विभाग प्रमुख तथा संचालन विभाग उपप्रमुखको भूमिका सफलतापूर्वक निर्भाह गरिसकेका छन्  ।

(भिडिओ )

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७