देशमा केही भएन भनेर भ्रम छर्ने फेसन नै भयो : प्रकाशमान सिंह


२०८२ जेठ १० शनिबार २०:१२ बजे
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने फेसन नै भएको दावी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्य बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भएको बताए। अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरे ।

संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको बताए। नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए। उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन्। अभिव्यक्ति स्वतन्त्रता यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो ’ उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७