देउवाकै अगाडि धनराजले भने–रिस गरेर हुन्न, उहाँ अझै छ–सातपल्ट प्रधानमन्त्री बन्नु हुन्छ


२०८२ जेठ १० शनिबार १९:३६ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीति गरेपछि त्यसको मूल्य खोज्नु गलत हुने बताएका हुन् ।

उनले निरन्तर उतारचढावबीच पनि अविरल यात्राले सम्भावनाको ढोका खुल्दै जाने बताए । उपसभापति गुरूङले त्यसो भन्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवाको उदाहरण दिएका छन् । ‘हाम्रो सभापति ज्यू, पूर्व प्रधानमन्त्री ज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नु भएको उत्तारचढाव व्याख्या गर्नु पर्दैन । त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नु भएको छ । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नु भयो । भनेर हुन्छ, अझै बन्न सक्नु हुन्छ नि उहाँ । ६ पटक, सात पटक पनि बन्न सक्नु हुन्छ । त्यो यात्रा हो । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो,’ उनले भने । 

यद्यपि राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने उनले बताएका छन् । ‘राजनीतिमा त्याग गरें, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो । मैले त्याग गरें भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्याग नै हो । त्यागको मूल्य हुँदैन । राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७