दबाबबीच बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसको प्रमुख दलहरूसँग भेटवार्ता


२०८२ जेठ १० शनिबार २२:४५ बजे

काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। यो वार्ता पछिल्लो समय सरकारमाथि बढ्दो राजनीतिक दबाबको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

युनुसले सत्ता समर्थन गर्ने दलहरू मात्र होइन, प्रतिद्वन्द्वी दलहरूसँग पनि संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ। युनुसका प्रेस सचिव शफीकुल आलमका अनुसार उनले डिसेम्बरको अन्त्यमा हुने सम्भावित निर्वाचनको तयारीका विषयमा नेसनलिस्ट पार्टी अफ बंगलादेश (बीएनपी) का नेताहरूसँग छलफल गर्ने छन्।

साथै, युनुसले मुस्लिम राष्ट्र बंगलादेशको सबैभन्दा ठूलो इस्लामवादी दल इस्लामी पार्टीका नेताहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । देशमा शेख हसिनाको सरकार अपदस्त भएपछि बंगलादेश गम्भीर राजनीतिक संकटमा फसेको छ । पछिल्ला दिनहरूमा ढाकाका सडकमा व्यापक विरोध प्रदर्शन र तनाव देखिएको छ। बीएनपीका मिडिया अधिकारी साइरुल कबिर खानका अनुसार, उनीहरूको पार्टीबाट वार्ताका लागि वरिष्ठ नेताहरू सहभागी हुनेछन् । इस्लामी पार्टीका मिडिया प्रवक्ता अताउर रहमानले पनि उनीहरूलाई वार्तामा सहभागी हुन सरकारबाट निमन्त्रणा आएको पुष्टि गरे। 

यसैबीच, बिहीबार एक राजनीतिक सहयोगी र युनुसको कार्यालय स्रोतले बताएका अनुसार, युनुसले यदि प्रमुख दलहरूले आफूलाई समर्थन नगरेमा राजीनामा दिने चेतावनी दिएका छन्। बुधबार, बीएनपीका समर्थकहरूले निर्वाचनको मिति तोक्न माग गर्दै पहिलो पटक अन्तरिम सरकारविरुद्ध सडक प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूको दबाबबीच युनुसले निर्वासनबाट फर्किएपछि मुलुकको नेतृत्व सम्हालेको स्मरण गराउँदै चुनावअघि लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने आफ्नो जिम्मेवारी रहेको बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७