नेकपा (माओवादी)ले गर्यो संघर्षका कार्यक्रम घोषणा
काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ।
अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा शुक्रबार प्रहरीले छापा मारेको विरोधमा पार्टीले आन्दोलनका कार्यक्रम तय गरेको हो ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको जनाइएको छ। कार्यक्रमअनुसार पुस १२ गते देशव्यापी मसाल जुलुस निकालिनेछ। पुस १३ गते देशभर कोणसभा आयोजना गरिनेछ भने पुस १४ गते विरोध प्रदर्शन गरिनेछ।
पुस १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने पनि पार्टीले जनाएको छ।
.gif)

.png)

