माओवादीको चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी 


२०८२ माघ १९ सोमबार ११:०३ बजे
फाइल तस्बिर

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने राजनीतिक एजेन्डासहितको २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपतिलगायत एजेन्डा अघि सार्दै आइतबार उसले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले लगातार संघर्ष र क्रान्तिपछि जनताले चाहेजस्तो राज्य निर्माण हुन नसकेको बताए । अग्राधिकारसहितको समाजवादी संघीय ढाँचाको राज्य हुनुपर्ने भन्दै उनले राज्यले रोजगारीको क्षेत्रमा शून्य प्रयत्न गरेकाले युवामा निराशा देखिएको दाबी पनि गरे ।

माओवादीको प्रतिबद्धतापत्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा आमूल परिवर्तन गरिने, संघीयता उत्पीडित जाति र क्षेत्रलाई पहिचान र अग्राधिकारसहितको समाजवादी संघीयताको नीति लिइने उल्लेख छ ।

नेपाललाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी संघीय राज्यमा पुनर्संरचना गर्नुपर्ने, मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक रूपले अधिकार सम्पन्न गराउनुपर्ने लगायत एजेन्डा अगाडि सारिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७