महानगर प्रहरीले व्यापारी–किसान लखेटे, स्थानीयले फोहोरको गाडी रोके


०८:४४ बजे

काठमाडौं । बालाजु माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन्। नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन्  । काठमाडौं उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ ।

तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन्।काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर प्रहरी परिचालन गरेको छ ।

बिहान ४ बजेदेखि ७ बजेसम्म डोको, खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जीविका चलाउनेहरूलाई हटाउन महानगर प्रहरीले सडक खाली गराएको हो । यस क्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको छ । काठमाडौं महानगरको नेतृत्व साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागि रहेका बेला ठूूलो संख्यामा महानगर प्रहरीले बालाजु बाइपस रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेको छ ।

काठमाडौं महानगरको १६ नम्बर वडा अन्तर्गत पर्ने सो क्षेत्रमा तरकारी किनबेच गर्नेहरूको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेकाले उनीहरूलाई व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष रोजिना श्रेष्ठले बताइन् । हालै सम्पन्न उपचुनावमा रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तरकारी व्यापार गर्नेहरूलाई अर्को ठाउँमा व्यवस्थित गर्न खोज्दा उनीहरू नमानेर सडकमै व्यापार गर्छौ भनेपछि हटाउनु परेको बताएकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७