सत्ता गठबन्धनको बैठकमा किन गएनन् गगन थापा ?

काठमाडौं । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । जहाँ सरकारका काम कारबाहीबारे छलफल भइरहेको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा उपस्थित छन् । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीय ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीय यादव, श्रममन्त्री शरदसिंह भण्डारी बैठकमा छन् ।
केहि दिनअघि कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवाद गरेका थिए । कांग्रेस महामन्त्रीले ‘विचौलियाको पहुुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीले पुष्टि गर्न सकिन्छ ? भन्दै प्रश्न गरेका थिए ।