अमेरिकी भन्सार कर नीतिविरुद्ध सम्पूर्ण विश्व एकमत छ

केही समययता अमेरिकी ट्रम्प प्रशासन ‘राष्ट्रिय सुरक्षा अथवा व्यापार असमानता’का नाममा अनियन्त्रित भन्सार करमार्फत विश्वभरका व्यापारिक साझेदारलाई जिस्क्याउन उद्दत देखिएको छ। यसबाट वित्तीय व्यापार बजारमा ठूलो तरङ्ग उत्पन्न भएको छ । अमेरिकाको यो कदमबाट नियममा टिकेको बहुपक्षीय व्यापार व्यवस्था भङ्ग भएको छ, विश्व बजारमा विश्वासको वातावरण खल्बलिएको छ । र, यसले स्वयम् अमेरिकी अर्थतन्त्रलाई नै प्रतिकूल असर पारेको संकेत प्राप्त भइरहेका छन् । तथ्यांक र प्राज्ञिक अनुसन्धानको दृष्टिकोणबाट हेर्दा अमेरिकाले लादेको भन्सार कर नीति आफ्नो लक्ष्य प्राप्त गर्न असमर्थ रहने मात्र होइन, उसको आन्तरिक अर्थतन्त्रका समस्यालाई समेत बढाउने पक्का छ, जसबाट अरुको नोक्सान गर्ने भन्दाभन्दै आफ्नै अहित हुने अवस्था सिर्जना हुँदैछ ।
अप्रिल १६ का दिन जारी ह्वाइट हाउसको सरकारी वेबसाइटमा भनिएको छ–चीनले प्रतिशोधात्मक कदम चालेको कारण हामीले चिनियाँ मालसामानमाथिको भन्सार कर बढाएर २४५ प्रतिशत पुर्याएका हौं । सन् २०१९ मा फेडरल रिजर्भ र कोलम्बिया विश्वविद्यालयलगायतको संयुक्त अनुसन्धान परिणामले बढाएको भन्सार करको ९० प्रतिशत भन्दा बढी मूल्य अन्ततोगत्वा अमेरिकी आयातकर्ता व्यापारी र उपभोक्ताहरुले नै ब्यहोर्ने हुन् ।
भन्सार कर नीतिका कारण अमेरिकी परिवारले प्रतिवर्ष औसत ७०० डलर बढी खर्च गर्नु परेको छ भने यसको सबैभन्दा बढी भार मध्यम तथा न्युन आययुक्त परिवारमाथि थोपरिएको छ । भन्सार कर ८० प्रतिशत भन्दा बढी हुँदा ९९ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार रोकिन जान्छ । भन्सार कर बढाउँदै लानु भनेको अंकको खेल मात्र हो ।
अमेरिकी नेशनल रिटेल फेडरेशनद्वारा सन् २०२२ मा प्रस्तुत प्रतिवेदनमा भनिएको छ–भन्सार कर नीतिका कारण अमेरिकी परिवारले प्रति वर्ष औसत ७०० डलर बढी खर्च गर्नु परेको छ भने यसको सबैभन्दा बढी भार मध्यम तथा न्युन आययुक्त परिवारमाथि थोपरिएको छ । भन्सार कर ८० प्रतिशत भन्दा बढी हुँदा ९९ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार रोकिन जान्छ । भन्सार कर बढाउँदै जानु भनेको अंकको खेल मात्र हो, जुन अन्तर्राष्ट्रिय जगतमा हान्स्यास्पद कदम ठहरिइसकेको छ।
अमेरिकाले यसरी मनपरी असीमित भन्सार कर बढाउँदा उद्देश्यका रुपमा निर्माण उत्पादन व्यवसायलाई पुन: आफ्नो देशमा फर्काउनु र आर्थिक सुरक्षा गर्नु हो भनिएको थियो, तर तथ्यांक यसको ठीक उल्टो छ । बोस्टन कन्सल्टिङ ग्रुपको सन् २०२३ को प्रतिवेदनले भन्छ–सन् २०१८ देखि २०२२ सालसम्म अमेरिकी निर्माण उद्योगको वार्षिक औसत रोजगार वृद्धिदर लक्ष्यभन्दा धेरै कम ०.३ प्रतिशत मात्र रहेको थियो । निर्माण उद्योगको पुनरावृत्तिका निम्ति पूर्ण उत्पादन चक्र प्रणाली आवश्यक हुन्छ । यसमा सामान्य लागत मूल्यको मात्र हिसाब गरेर पुग्दैन । अमेरिकामा आफ्नै श्रमको मूल्य उच्च छ, आधारभूत भौतिक संरचना पुरानो भइसकेको छ जसको असर अब वातावरणमा गम्भीर रुपमा पर्नेछ, यी कुराले अमेरिकामा निर्माण उद्योगको पुनरावृत्ति हुन अवरोध तेर्सिएको छ । त्यसैकारण अन्तर्राष्ट्रिय उद्योगहरुले दक्षिण पूर्व एसिया, मेक्सिको आदि ठाउँमा नजिकै आउट सोर्सिङ गरेर चीन र अमेरिकाको व्यापारिक तनावले निम्त्याएको अनिश्चितताबाट बच्ने प्रयास गर्दैछन् । मनपरी असिमित भन्सार कर बढाएर निस्केको ‘अ–अमेरिकीकरण’ को नतिजा स्पष्ट देखिँदैछ।
अमेरिकाले असीमित रुपमा भन्सार कर बढाउनु भनेको युद्धमार्फत संवादलाई विस्थापित गर्न खोज्नु र दवाब दिएर व्यापारिक साझेदारलाई आज्ञाकारी बनाउन खोज्नु हो । दीर्घकालीन रुपमा हेर्दा त्यसले बजारका नियमलाई विकृत बनाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई तनावग्रस्त बनाउने प्रष्ट छ । अमेरिकी उपराष्ट्रपति जे.डी.भ्यान्सले अन्तर्वार्ताका क्रममा चिनियाँहरुलाई ‘गाउँले’ जस्ता अनादरपूर्ण शब्द प्रयोग गरेकोमा अमेरिकीलगायत विश्वभरका जनताले आक्रोश व्यक्त गरेका थिए । बिबिसीले युट्युबमा अमेरिकाको चीनमाथि भन्सार कर वृद्धिको समाचार धेरै पटक प्रसारण गरेको छ । त्यसको कमेन्ट एरियामा चीनले अमेरिकी दवाबको विरोध गरेको छ । त्यसको कमेन्ट एरियामा चीनले अमेरिकी दवाबको विरोध गरेको कुरालाई पहिलो पटक पूर्ण रुपमा समर्थन गरिएबाट पनि अमेरिकी नीतिले अरु देशका जनताको मन जित्न नसकेको प्रमाणित हुन्छ । अमेरिकाको ‘बराबरी भन्सार कर’ बढ्दै जानुका साथै अरु असभ्य व्यवहार पटक–पटक देखिन थालेपछि त्यसको प्रतिरोधमा चिनियाँ पक्षले आफ्नो अधिकार र हितको रक्षा गर्दै आर्थिक धम्कीलाई सशक्त प्रहारमार्फत बहुलवादको संरक्षण गरेको छ ।
यो वर्षको पहिलो तीन महिनामा बिआरआइमा पर्ने देशहरुसँग चीनको निर्यात पोहोर सोही अवधिको भन्दा ७.२ प्रतिशतले वृद्धि भएको छ । ती देशहरुसँगको आयात निर्यातले चीनको सम्पूर्ण आयात निर्यातको ५० प्रतिशत नाघिसकेको छ । यसरी बहुपक्षीय बजार सिर्जना हुँदैछ,यसको अर्थ चीनको कुनै एक देशमा मात्र निर्यात निर्भरता घट्दै गइरहेको छ ।
४० वर्षको सुधार तथा खुल्लापन नीतिका कारण भएको विकास र सञ्चयबार चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ । चीन विश्वमा संयुक्त राष्ट्र संघद्वारा निर्धारित सबै खाले उद्योग भएको एक मात्र देश हो र लगातार १५ वर्षसम्म चीन निर्माण उद्योगमा विश्वको पहिलो देश रहँदै आएको छ । चीनको व्यावसायिक व्यवस्था र उद्योगसँग सम्बन्धित अन्य क्षमता सशक्त छ, आर्थिक विकासको आधार मजबुत एवं स्थिर छ । चीनको जनसंख्या एक अर्ब ४० करोड छ, बजार अति विशाल छ, प्रतिव्यक्ति जिडिपी १३ हजार अमेरिकी डलर नाघिसकेको छ । चिनियाँ समाज अहिले उपभोग क्षमता स्तरोन्नतिको महत्वपूर्ण चरणमा पुगेको छ, बजार वृद्धिको पनि राम्रो संकेत देखिएको छ । लगानी र खपतको विशाल सम्भावनाले चिनियाँ अर्थतन्त्रको दिगो विकासलाई टेवा दिने ठानिएको छ।
उत्पादन व्यवसायमा उचित सहयोगात्मक संयोजनले गर्दा चिनियाँ उत्पादन वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक शक्ति उच्च रहेको छ । केही वर्षदेखि चीनले सक्रियता साथ बिश्व बजार विस्तार गर्दै १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार बन्न सफलता पाएको छ । यसबाहेक चीनले बिआरआइ देशहरुवीचको व्यापारलाई पनि बढाउँदै लगिरहेको छ । यो वर्षको पहिलो तीन महिनामा बिआरआइमा पर्ने देशहरुसँग चीनको निर्यात पोहोर सोही अवधिको भन्दा ७.२ प्रतिशतले वृद्धि भएको छ । ती देशहरुसँगको आयात निर्यातले चीनको सम्पूर्ण आयात निर्यातको ५० प्रतिशत नाघिसकेको छ । यसरी बहुपक्षीय बजार सिर्जना हुँदैछ, यसको अर्थ चीनको कुनै एक देशमा मात्र निर्यात निर्भरता घट्दै गइरहेको छ । अमेरिकाले यस पटक भन्सार करको कचिङ्गल मच्चाउनुअघि नै अमेरिकामा हुने निर्यात चीनको कूल निर्यातको १३ प्रतिशत मात्र थियो ।
त्यसको कमेन्ट एरियामा चीनले अमेरिकी दवाबको विरोध गरेको कुरालाई पहिलो पटक पूर्णरुपमा समर्थन गरिएबाट पनि अमेरिकी नीतिले अरु देशका जनताको मन जित्न नसकेको प्रमाणित हुन्छ।
अमेरिकाको आयात निर्यात पनि कूल अन्तर्राष्ट्रिय व्यापारको १३ प्रतिशत मात्र रहेको छ । अमेरिकी पक्षले मनपरी भन्सार कर बढाई ल्याएको नकारात्मक असरलाई प्रतिकार गर्ने चिनियाँ सरकार र चिनियाँ जनताको पूर्ण आत्मविश्वास र शक्ति रहेको छ, प्रभुत्ववादको अगाडि चीन सरकार र चिनियाँ जनता कदापि झुक्ने छैन। अमेरिकाको एकपक्षीय धम्कीपूर्ण व्यवहार र विश्व व्यापार संयन्त्र पल्टाउने कुरालाई अमेरिकी जनतालगायत सम्पूर्ण विश्वका जनताले विरोध गरिरहेका छन्, त्यसको विफलता अवश्यम्भावी छ। चीन नेपाललगायत विभिन्न विकासशील देशसँग एक साथ अडिग रहेर अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गरी स्थिर, सत्यवादी, व्यावहारिक वैश्विक व्यापारिक वातावरण स्थापना गर्न, विश्व अर्थतन्त्रको आत्मविश्वास पुनस्र्थापना गर्न र विश्वका सबै देशसँग नयाँ चरणको आर्थिक विकासको लाभ साझा रुपमा उपयोग गर्न चाहन्छ ।