सरकार छाड्दै नागरिक उन्मुक्ति पार्टी


२०८२ बैशाख १८ बुधबार १७:२७ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छाड्ने भएको छ । पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो। ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनु पर्ने अनि सरकारमा बसिरहनु पर्ने ? त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौं । आजै पार्टीले यसबारे निर्णय गर्छ’, पार्टी प्रवक्ता दामोदर पण्डितले भने ।

चौधरी बिहीबार (आज) मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । नाउपाबाट अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७