एआईजीमा बढुवा भएका ६ जनालाई दज्र्यानी चिह्न


२०८२ बैशाख १८ बुधबार १९:४० बजे

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार बुधबार आईजीपी थापाले दर्ज्यानी लगाएका हुन्। बढुवासँगै उनीहरूको पदस्थापन समेत भएको छ । खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा, आचार्यलाई कार्य विभागमा, शर्मालाई प्रशासन विभागमा, कार्कीलाई मानव स्रोत विभागमा, अधिकारीलाई अपराध अनुसन्धान विभागमा र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७