कञ्चनपुरमा युवक शव फेला, प्रहरी घटनास्थलमा

कञ्चनपुर । कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन । बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक राम रेसर राना मृत फेला परेका हुन् । राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साईकल सहित मृत घटनाका अनुसन्धान सुरु भएको बताए।
तर मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन । मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए । मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।