सरकारलाई लिङदेनको प्रश्न : तीनकुने घटना हिंसात्मक भए एउटा लट्ठी पक्रिनुु भो ?

‘राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन’


२०८२ बैशाख १३ शुक्रबार २१:२२ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनलाई राजावादीहरूको हिंसात्मक प्रदर्शन भनेर भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभामा बोल्दै लिङदेनले तीनकुनेको प्रदर्शन हिंसात्मक थियो भने आजसम्म प्रदर्शनकारीबाट किन एउटा लट्ठीसम्म  पक्रन नसकेको भन्दै प्रश्न समेत गरेका छन् । उनले भने, ‘चैत १५ गते तीनकुनेको घटनालाई राजावादीहरूको हिंसात्मक घटना भनेर भाष्य निर्माण गरिरहनु भएको छ । यदि त्यो हिंसात्मक प्रदर्शन थियो भने आजसम्म पनि तपाईहरूले प्रदर्शनकारीहरूबाट एउटा लट्ठीसम्म किन पक्रनु भएन । म यहाँ प्रश्न गर्छु ।’

उनले भने, ‘त्यो हिंसात्मक हुन प्रदर्शनकारीसँग बन्दुक हुनुपर्थ्याे । खुकुरी हुनुपथ्र्यो, खुँडा हुनुपर्थ्याे  । तपाईहरूले केही पक्रनु भयो । तपाईहरूले केही पक्रनु भयो । त्यहाँ ७४६ राउण्ड अश्रुग्याँस, २५० भन्दा बढी गोली चल्यो के त्यो दुर्गा प्रसाईंले, रविन्द्र मिश्र, धवल शमशेरहरूले चलाएका हुन् ? कति राउण्ड प्रदर्शनकारीले चलाए ?  गृहमन्त्रीलाई भन्न चाहन्छु तपाईहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ न्यायको पक्षमा हुनुहुन्छ भने । रविन्द्र मिश्र लगायतका मानिसहरूलाई छोड्नु । न्यायिक समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस् ।’

अध्यक्ष लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्‍यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । उनले भने, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७