सर्वोच्चको आदेश : अब कक्षा १२ को परीक्षा नसार्नू


२०८२ बैशाख १२ बिहीबार ०१:४२ बजे

काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा अब नसार्न आदेश दिएको हो ।

‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको छ ।

शिक्षकहरुको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७