श्रीमान सुतेकै अवस्थामा मृत फेला, श्रीमती पक्राउ

सप्तरीमा । सप्तरीमा एक व्यक्ति सुतेकै ठाउँमा मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरका ४८ वर्षीय श्यामकुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
डीएसपी काफ्लेका अनुसार बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार मृतक गुप्ता अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए । स्थानीयले उनकी श्रीमती गुञ्जा मानसिक रोगी रहेकाले हत्या गरेको हुन सक्ने आशंका छ । अत्यधिक मदिरा सेवनबाट आफै वा श्रीमतीको संलग्नतामा मृत्यु भएको भन्ने कोणबाट अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीले जनाएको छ ।