शिक्षामन्त्रीको राजीनामापछि पनि शिक्षक आन्दोलन आज पनि जारी


२०८२ बैशाख १० मंगलबार १४:४७ बजे

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज (मंगलबार) पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै चैत्र २० गते देखि आन्दोलनमा छन्। सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

शिक्षकहरुले आन्दोलन जारी राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको मागहरु सम्बोधन हुन अझै असहज देखिएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ । मन्त्रीको राजीनामा र शिक्षक आन्दोलनको सम्बन्ध नभएका कारण आन्दोलन नरोकिने नेपाल शिक्षक महासंघले स्पष्ट पारिसकेको छ ।

यता २२ दिनदेखिको शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनका कारण यातायात प्रभावित भएको छ । सरकारी कार्यालय खुल्नु भन्दा अगाडि नै शिक्षकहरु आन्दोलनमा निस्किने गरेका कारण राजधानीका विभिन्न स्थानको यातायात प्रभावित बन्दै आएको छ । यस्तै नयाँ शैक्षिक भर्ना सञ्चालन हुनुपर्ने बेला शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका कारण सरकारी विद्यालयमा पढ्ने लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७