नगरपालिकाका तत्कालीन निमित्त प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८२ बैशाख १० मंगलबार १६:५६ बजे

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत  श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अन्सारी र केएस मल्टिप्रपोज तथा उक्त कम्पनीका अध्यक्ष कमलकुमार उपाध्यक्षविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको  आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अध्यक्ष उपाध्याय समेतको मिलेमतोमा नगरपालिकाको ठेक्काको अभिलेखमा राख्ने प्रयोजनार्थ मात्रै एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरी नगरपालिकामा पेश गर्न लगाइ सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिप्रपोज प्राइभेट  लिमिटेडलाई भुक्तानी दिएको पाइएको अख्तियारको ठहर छ । उनीहरूविरुद्ध सोही रकम बराबरको विगो दावी र सजाय माग गरिएको आरोप–पत्रमा उल्लेख छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७