काठमाडौं सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु


२०८२ बैशाख ९ सोमबार ११:०६ बजे

काठमाडौं । काठमाडौंको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको छ। रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो ।

पुतली तामाङको मृत्यु भएको छ । उनका ११ वर्षका छोरा र १० वर्षकी छोरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ । पुतलीका श्रीमान पदमबहादुर तामाङ फरार छन् । उनैले पत्नी र छोराछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनको खोजी गरिरहेको छ । रामेछाप घर भएका उनीहरु शंखरापुर नगरपालिका–९ सानागाउँमा डेरा बस्दै आएका थिए । तर आइतबार राति उक्त घटना भएको प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७