कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड


२०८२ बैशाख ६ शुक्रबार १७:२७ बजे

भक्तपुर, ५ वैशाखः राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । 

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै आज सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रमा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ ।

आज बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ । 

बोर्डले आज सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साईवर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रकृया अगाडि बढाइएको बोर्डले विज्ञप्तीमार्फत जनाएको छ ।

बोर्डको वेभसाईटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७