रवि पक्राउविरुद्ध रास्वपा मानवअधिकार आयोग जाँदै


२०८१ चैत २७ बुधबार १२:०८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्राउविरुद्ध आज राष्ट्रिय मानवअधिकार आयोग जाने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा सामान्य प्रक्रिया पनि पूरा नगरी धरपकड गरेको भन्दै रास्वपा नेताको टोली आयोग जान लागेको हो ।

लामिछानेको पक्राउ गैरकानुनी भएको र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको रास्वपाको दावी छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यही चैत २२ गते थुनामै राख्न आदेश दिएपछि सभापति लामिछाने काठमाडौँस्थित निवासबाटै पुनः पक्राउ परेका थिए ।

उक्त दिन रातभर काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रविलाई चैत २३ गते बिहानै रुपन्देही पुर्‍याइएको थियो । तर २ दिन सार्वजनिक बिदा परेकाले प्रहरीले उनलाई चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरेको थियो । अनि अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेलाई त्यही दिन रुपन्देही जिल्ला कारागार चलान गरिएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७