वीरगञ्ज भन्सारको राजस्व संकलनमा सुधार


२०८१ चैत २ शनिबार २१:३४ बजे

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । 

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव  बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ । 

वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु १२ अर्ब १५ करोड भदौमा रु १३ अर्ब ४२ करोड,असोजमा रु १३ अर्ब ४७ करोड  कात्तिकमा रु ११ अर्ब १० करोड र मंसिरमा भने रु १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात् रु १५ अर्ब ४७ करोड र माघमा रु १४ अर्ब ४४ करोड र फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७