शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत


२०८१ फाल्गुण २६ सोमबार ०२:२७ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘काँक्रा चोर’ को संज्ञा दिएका छन् । सचेतक शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै स्टाटस लेखेपछि रिमालले काउन्टर जवाफ फर्काएका हुन् ।

रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५–५ चोटी एडिट गरेको हिस्ट्रीले आफै बताउँ छ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन । कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि !’

सचेतक डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताए । शाहीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पूर्वराजाको स्वागतमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नै उक्त फोटो राख्न लगाएको पाइएको बताए थिए ।

पोखराबाट फर्किएका पूर्वराजा शाहको स्वागतमा आइतबार काठमाडौँमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको माातृभूमि बचाऊ अभियानलगायतको सहभागितामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका थिए । त्यस क्रममा जुलुसमा पूर्वराजा ज्ञानेन्द्र शाहका साथै उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता योगी अंकित ब्यानर पनि देखिएको थियो । जसका विषयमा गणतन्त्रवादीहरूले व्यापक आलोचना गरिरहेका छन् । 

हेर्नुस् स्टाटस
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७