हनुमानढोकामा एक जना मृत फेला, हत्या आशंकामा अनुसन्धान गर्दै प्रहरी


२०८१ फाल्गुण ८ बिहीबार १२:५२ बजे

काठमाडौं । हनुमानढोका एक जना मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको शव भेटिएको हो ।

अन्दाजी ३०-३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७