सञ्चारगृहमा प्रहरी प्रवेश गरेको विषयमा नेपाल प्रहरीले जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल


२०८३ कार्तिक १३ शुक्रबार २०:०४ बजे
फाइल फोटो

काठमाडौं : सञ्चार गृहको समाचार कक्षबाट पत्रकार पक्राउ गरिएको र सादा पोसाकमा प्रहरी प्रवेश गरेको घटनाबारे नेपाल प्रहरीले जवाफ दिनुपर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बताएका छन् ।

रास्वपा स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको उल्लेख गर्दै खरेलले सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट जानकारी पाएको बताए ।

‘स्वतन्त्र पत्रकारिताको सम्मान गर्नैपर्छ, हाम्रो पार्टी स्वतन्त्र पत्रकारिताको पक्षमा छ । किन भयो ? के भयो ? भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ,’ उनले भने ।

खरेलले संविधानले सुनिश्चित गरेको स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । संविधानप्रदत्त पत्रकारिता र वाक् स्वतन्त्रताको सम्मान सबैले गर्नुपर्ने उनको भनाइ छ ।

शुक्रबार साँझ सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे पार्टीभित्र छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने पनि उनले जानकारी दिए ।

‘सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट छ । यसलाई पार्टीले कसरी लिने भन्ने विषयमा हामी छलफल गर्छौं,’ खरेलले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७