नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित


२०८१ फाल्गुण १ बिहीबार १०:१३ बजे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेत्र चापागाईलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।  प्रवास बाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईबीच ६११ मतान्तर छ ।

८७३ मत खसेकोमा चापागाईले ७१ मत मात्रै पाएका हुन् । जोड्न बाँकी मतभन्दा मतान्तर धेरै भएसँगै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा १,३२४ जना प्रतिनिधि थिए भने ८२२ मत खसेको थियो । कास्कीका चापागाई नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए । भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले उम्मेदवारी दिएका हुन् । नेसपा (नयाँ शक्ति) मा महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए भने ७० पदका लागि माघ २९ गते मतदान भएको थियो ।

सोही पार्टीकी नव निर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्द सत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७