विकास–निर्माणका काममा ढिलासुस्ती गर्न हुँदैन : सांसद भण्डारी


२०८१ माघ २६ शनिबार १५:१३ बजे
फाइल फोटो

गुल्मी । सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई आग्रह गरेका छन् । 

आज गुल्मीमा विकास– निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा उनले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने बताए । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराएका थिए । 

सांसद भण्डारीले  रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गरेका थिए । त्यस अवसरमा उनले दुवै सडकका निम्ति वजेटको अभाव नहुने तथा  काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बनिधत निकायसँग निरन्तर सम्पर्क एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७