विकास निर्माणका चुनौती र समाधान खोज्न प्रधानमन्त्री शाहले बोलाए निर्माण व्यवसायी


२०८३ असार २५ बिहीबार १०:२५ बजे

काठमाडौँ।   प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्र र विकास निर्माणको महत्त्वपूर्ण हिस्सा मानिने निजी क्षेत्रसँगको संवादलाई तीब्रता दिएका छन्। यसै सिलसिलामा प्रधानमन्त्री शाहले आज निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, समाधानका उपाय र नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीहरूसँग विशेष छलफल गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान साढे ११ बजे यो छलफल हुन लागेको हो। बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घ ९ँऋब्ल्० का प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोग्दै आएका व्यावहारिक चुनौती, सरकारी भुक्तानीको समस्या र सरकारले गर्नुपर्ने नीतिगत सुधारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छन्।

छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७