कांग्रेस–एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भइयो : प्रधानमन्त्री


१७:५७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनतालाई तिरष्कार गरेर सत्तापत्ता खेलिरहने विद्रूपमा बन्ध्याकरण भएको बताएका छन् । शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘६ महिनायता संसदीय राजनीतिमा देखिएको एउटा सुखद सन्दर्भ भन्न चाहन्छु, सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्कै डुङ्गा चलाउने अनि मुलुक र जनतालाई तिरष्कार गरेर सत्तापत्ता खेलिरहने विद्रूपमा बन्ध्याकरण भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामाबाट मुक्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन् ।  उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७