अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : महामन्त्री शर्मा


२०:३१ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने कुरा सही नभएको बताएका छन् । आज (शुक्रबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताए । उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गर्ने बताए ।

उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्ने बित्तिकै सही नै हो भनिहाल्नु पर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले बिरोध गरेका थियौँ, अहिले बोलेन भन्ने कुरा पनि छ । विगतमा नेपाली कांग्रेसले अध्यादेशको बिरोध गरेको उदाहरण पनि छ । नेपाली कांग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध्यादेश हो त्यसको बिरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन । कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गरिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७