गायिका एलिना चौहानद्वारा पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर


१९:२४ बजे

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् । आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए ।  एलिनाका पति अहिले अस्ट्रेलिया बस्छन् । विवाहपछि अस्ट्रेलिया गएकी एलिना दशैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त छिन् । 

 पतिले अनेक शंका–उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । ​केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७