प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसमा कुरै भएको छैन : डा. कोइराला


२०८१ माघ ९ बुधबार १६:३० बजे
फाइल फोटो

विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताएका छन् । विराटनगरस्थित कोइरालाल निवासमा आज (बुधबार) पत्रकारसँग कुरा गर्दै उनले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उपयुक्त हुने बताएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा अघि सारेकोबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो धारणा राख्दै नेपाल दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठीक हुने बताए ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको हुनाले र दुई ठूला देशको बीचमा हामी छौं त्यहाँ पार्ल्यामेन्ट्री सिस्टम नै बेटर हुन्छ भन्ने लाग्छ’, उनले भने । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसभित्र छलफलसमेत नभएको बताए । ‘पार्ल्यामेन्ट्री सिस्टमलाई, डेमोक्रेसीलाई मात्रै मानेर हामी हिंडिरहेका छौं, अहिलेसम्म । भोलि कसरी जाने भन्ने कुरामा छलफल गछौं’, उनले थपे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७