स्वर्णलक्ष्मी सहकारी प्रकरण 

छविलाल जोशीलाई कास्कीमा ८८, काठमाडौंमा ५० लाख धरौटी माग


२०८१ माघ ७ सोमबार १५:२५ बजे

काठमाडौं । काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पूर्व डीआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । 

जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न आदेश दिएका हुन् । जोशीले सोमबार अपराह्न धरौटी बुझाइसकेका छन् ।  यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए ।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो । यसअघि कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७