निलम्बित राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी


२०८१ माघ ५ शनिबार १६:५३ बजे

काठमाडौ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पूर्जीसम्बन्धी सुनुवाइमा सहभागी भएका छन् । उइवाङ्गस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ ।

युनलाई बुधबार राष्ट्रपति निवासबाट पक्राउ गरिएको थियो र उहाँ पक्राउ पर्ने देशको पहिलो बहालवाला राष्ट्रपति बनेका थिए । महाभियोगपछि निलम्बित राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासन का विषयमा सोधपुछका लागि बयान दिन सियोलको दक्षिणमा रहेको ग्वाचेओनमा रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) मा उपस्थित हुन अस्वीकार गरेका थिए । 

यदि वारेन्ट जारी भएमा युनको हिरासत अवधिसहित २० दिनसम्म लम्बिनेछ । प्रारम्भिक १० दिनसम्म सीआईओले सोधपुछ गरेपछि युनलाई अभियोजन पक्षले पछिल्लो १० दिनसम्म सोधपुछ गर्नेछ किनभने दुवै पक्षले संयुक्त रूपमा युनको विद्रोहको आरोपको अनुसन्धान गर्न सहमत भएका छन् । 

गत वर्षको डिसेम्बर १४ मा नेसनल एसेम्बलीमा युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएको थियो र यसलाई संवैधानिक अदालतमा १८० दिनसम्म छलफल का लागि पठाइएको थियो । विद्रोहको अभियोगमा अनुसन्धान निकायहरूले योजनाकारको रूपमा उल्लेख गरेका युनले डिसेम्बर ३ को राति ‘मार्शल ल’ (सैनिक कानुन) लागु गरिएको घोषणा गरेको थियो । त्यसको केही घण्टापछि कोरियाली संसद् (नेशनल एसेम्ली) ले त्यसलाई खारेज गरेको थियो । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७