विदा हुनुअघि मोन्टी देशाइको ‘ब्याटिङ क्याम्प’, २० खेलाडी छानिए (सूची सहित)


२०८१ माघ २ बुधबार २१:४५ बजे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि नौं दिने ‘ब्याटिङ क्याम्प’ चलाउने भएको छ । माघ ४ गते (शुक्रवार)बाट २० जना ब्याटरलाई राखेर क्यानले ब्याटिङ क्याम्प सञ्चालन गर्न लागेको हो । 

ब्याटिङ क्याम्पमा नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाइको प्रत्यक्ष निगरानी रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । क्याम्प कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा चल्ने छ ।  यसैबीचमा प्रवक्ता लामाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरेर क्याम्पमा सहभागी हुने २० जना खेलाडीको नाम सार्वजनिक गरेका छन् । पदावधि सकिन लागेका प्रशिक्षक देशाइको सम्भवत यो ‘अन्तिम असाइनमेन्ट’ हो ।

क्यानसँग उनको सम्झौता आगामी फेबु्रअरीमा सकिँदै छ । क्यान सम्झौता नविकरण गर्ने पक्षमा छैन । पदावधि सकिनुअघि उनको खाली समयलाई सदुपयोग गर्ने हेतु ब्याटिङ क्याम्पको अवधारणा बनाइएको क्यान स्रोतले बताएको छ । 

जसमा लोकेश बम, किरण ठगुन्ना, सोनु अन्सारी, अभिषेक तिवारी, सन्तोष यादव, उत्तम रंगु थापा मगर, शुभ कंशाकार, सन्तोष कार्की, अंकित सुवेदी, त्रितराज दास, सुजन थपलिया, रित गौतम, सोहेल कुमार, विपिन रावल, नरेन भट्ट, आकाश त्रिपाठी, इमरान शेख, अर्जुन कुमाल, आशुतोष घिरैया र अर्जुन घर्ती मगर छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७