नेपाल क्रिकेट संघमा अनियमितताको गुनासो छ, छानबिन आयोग बनाऊँ : सांसद आचार्य
काठमाडौं । प्रतिनिधिसभा वैठकमा नेपाल क्रिकेट संघ (क्यान) मा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग उठेको छ । सत्तारुढ नेकपा एमाले सांसद भीम आचार्यले बुधबार प्रतिनिधिसभा बैठकमा उक्त विषय उठाएका हुन् ।
विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा क्यानमा अनियमितता भएको कुरा आएको भन्दै आचार्यले छानबिन आयोग गठन गर्नुपर्ने माग गरे । खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीयमा समावेश नगरेको गुनासो आएको आचार्यले बताए । डाक्टरको कोटामा एक जना महिलाको नाम पठाएको र त्यसलाई आईसीसीले नमानेको उनले बताए ।
‘अवैध रूपमा जर्सी अमेरिका लगेर महँगोमा बेचेर त्यसको दुरुपयोग गरेको गुनासो आएको छ । अमेरिकामा बस्ने नेपालीसँग अवैध रूपमा चन्दा उठाएको र सो रकम क्यानको खातामा नराखेको गुनासो आएको छ,’ उनले भने । ४ सय टिकट र २० वटा भीआईपी पासलाई अवैध ढंगले बिक्री गरेको गुनासो आएको उनले बताएका छन् ।
नेपाललाई जिताउन होइन, हराउन क्यानले भूमिका खेलेको आरोप लागेको उनले बताए । मानव तस्करीको कोसिस गरिएको र प्रधानमन्त्री कार्यालयले रोकेको प्रकरणमा पनि क्यान नेतृत्व जोडिएको आरोप लागेको उनले बताए । यी आरोपमाथि छानबिन गर्न आयोग बनाउन उनले माग गरे ।
.gif)

.png)

