नेपाल क्रिकेट संघले भन्यो–सन्दीपलाई टिममा फर्काउनेबारे छलफलमा छौं

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे नेपालको कानुन अनुसार अगाडि बढ्ने बताएको छ ।
आज (बिहीबार) आयोजित क्यानको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दिपबारे नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।
उनले भने, ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ । अब के गर्ने भनेर हामी छलफलमा छौं ।’ बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले १० शर्त र २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।