कार्यदलदेखि शीतलनिवाससम्म परामर्श गरेपछि बस्यो मन्त्रिपरिषद बैठकमा


२०८१ पौष २६ शुक्रबार ०२:१० बजे

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठक नियमित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठक अघि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

उता आजै तीन प्रतिपक्ष दलका अध्यक्षहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो । अहिले राजनीतिक वृत्तमा फरक–फरक विष्लेषण भइरहेका बेला राति मन्त्रिपरिषद् बैठक बसेको हो । सरकारले केही अध्यादेश ल्याउन लागेको चर्चा समेत रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७