माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा


२०८१ पौष ४ बिहीबार २२:३९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कोशीले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बिहीबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक लेखा समिति सभापति पोखरेलले पदबाट राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।

पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन् । उनलाई पक्राउ गर्न अदालतले पुर्जी पनि जारी गरेको छ । ‘लेखा समिति सभापतिको पत्नी भएकै कारण उनी अनुसन्धानको दायरामा नआएकी हुन्, शक्तिको चलखेल भएर प्रहरीले नियन्त्रणमा लिएको छैन’, आङ्बोले भने, ‘त्यसैले सभापति पोखरेलले लेखा समितिबाट राजीनामा दिएर पत्नी अन्जलालाई अनुसन्धानको दायरामा ल्याउने बाटो खोल्नु पर्छ ।’

विगतमा यो मामिलामा सभापति पोखरेलले एकै पैसा पनि हिनामिना नभएको भन्ने दाबी गरेको तर अहिले अदालतले पक्राउ पुर्जी जारी गरेकाले नैतिकताका आधारमा पोखरेलले राजीनामा गर्नुपर्ने माओवादीले बताएको छ । उनले तत्काल प्रदेश सभा अधिवेशन बोलाउन माग गरेका छन् । गत असोज ४ गते बर्खे अधिवेशन अन्त्य भएको थियो । माओवादीले सत्तारूढ एमाले–कांग्रेसको प्रदेशस्थित संयन्त्रले प्रदेशको बजेट पुनरावलोकन गर्ने भन्दै गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७