भैंसेपाटीमा बामदेवसँग माधवको अढाइ घण्टा वार्ता


२०८१ पौष ४ बिहीबार ०१:०६ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच आज (बिहीबार) भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार साँझ वामदेव निवास भैंसेपाटीमा भेटवार्ता भएको हो । वामदेवलाई भेट्न माधव उनकै घर पुगेका हुन् । अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गरेका हुन् । दुई नेताबीच साँझ झण्डै अढाइ घण्टा लामो वार्ता भएको गौतमको सचिवालयले जनाएको छ । उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

वामदेवले सम्मानीत पद पाए  एकीकृत समाजवादी प्रवेश गर्न सक्ने बताउँदै आएका छन् । तर, उनले आफू मात्रै प्रवेश नगर्ने बताएका छन् । उनले पार्टीमा रहेका अरु नेताले समेत सम्मानजनक स्थान पाउनुपर्ने अडान राख्दै आएका छन् । एकीकृत समाजवादीले पनि वामदेवलाई भित्र्याउने तयारी गरिरहेकै थियो । उनलाई पार्टीमा वरिष्ठ नेता बनाउने विषयमा एकीकृत समाजवादी सुरु चलिरहेको स्रोतको भनाइ छ ।  गौतमले  एकीकृत समाजवादी र नेकपा एमाले जसले चाँडो बोलाउँछ सोही पार्टीमा प्रवेश गर्ने बताउँदै आएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७