न्यायपालिका पारदर्शी छ : प्रधानन्यायाधीश सिंह


२०८१ पौष ४ बिहीबार ००:३६ बजे

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुलुकको अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन् । न्यायाधीश समाज नेपाल र डब्लूडब्लूएफ (वल्ड वाइड फन्ड फर नेचर) ले आज (बिहीबार) आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा प्रधानन्यायाधीश सिंहले न्यायपालिका पारदर्शी भएको र निष्पक्ष रहेको बताएका हुन् ।

‘कसैले न्यायपालिका पारदर्शी छैन भन्यो त्यसमा आपत्ति छ । हामी काम गर्छौं सबै खुल्ला, पक्ष–विपक्ष, कानुन व्यवसायीको अगाडि छ,’ उनले भने, ‘त्यसमा शंका र संशय गर्ने ठाउँ छैन ।’ पारदर्शीको सवालमा अदालतले अब्बल रुपमा प्रस्तुत गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

निष्पक्षता न्यायपालिका र पत्रकारिताको प्राण रहेकाले यसको अधिकतम प्रयोग गरेको उनको भनाइ छ । यसैगरी न्यायपालिका निष्पक्ष रहेन भने अदालतले त्यसको भार थेग्न नसक्ने उनले सुनाए । ‘संविधानले पनि स्वतन्त्रता संस्थागत गरेको छ । हन्यायपालिकाको हकमा हामीले यसको अक्षुण्ण रुपमा प्रयोग गर्दछौं । यसमा कसैको असर र आघात पार्ने सहन सक्दैनौं,’ उनले थप भने, ‘प्रेस स्वतन्त्रता कतैबाट कुण्ठित नहुने विश्वास दिलाउन चाहन्छु । आफ्नो सीमा र मर्यादा मैले बिर्सेको छैन ।’ न्यायपालिका जनआस्थामा टिक्ने भएकाले सञ्चारमाध्यमले सत्यतथ्यमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७