पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी


२०८१ मङ्सिर २९ शनिबार ००:४८ बजे

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । मधेस प्रदेश बाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनी निकटतम प्रतिद्वन्द्वी रमेश विष्ट भन्दा १,१४४ मतले अगाडि रहेकी छिन् ।

मधेसमा ७७२ मत खसेको छ भने शर्मा ११ सयभन्दा बढी मतले अघि छन् । पछिल्लो मत गणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २,८२९ मत देखिएको छ । अन्य पदाधिकारीमा पनि शर्माकै प्यानल अगाडि देखिएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन् ।

शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले अग्रता लिइरहेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सन्चारग्राममा विजय र्‍यालीको तयारी भइरहेको छ । अन्तिम मत परिणाम भने आइतबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७