वामदेव गौतमको प्रस्ताव : संविधान संशोधन गरेर दलित शब्द हटाऔं


२०८१ पौष ४ बिहीबार २२:३३ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर ऐन तथा कानुनहरूबाट ‘दलित’ शब्द हटाउनु पर्ने प्रस्ताव राखेका छन् । आज (बिहीबार) राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

‘हाम्रो डिक्सनरीबाट दलित शब्द हटाइदिउँ । त्यहाँ छ कि छैन व्यवस्था । छैन भने गरौं । दलित शब्द आउँछ नै भन्नु हुन्छ भने संविधान संशोधन गरेर भएपनि सबै ठाउँबाट हटाउनुप¥यो,’ उनले भने । सबै ठाउँबाट दलित शब्द नहटाएसम्म दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न नसकिने उनको भनाइ थियो । छलफल र बहसको थिचोमिचोले छुवाछुत र सामाजिक भेदभाव अन्त्य नहुने उनको जिकिर थियो ।

‘एकातिर दलितमाथि भेदभाव भयो, अधिकार हनन भयो भन्ने भाषाशैली संविधान, ऐन, कानुनदेखि जुनसुकै विद्वानहरूले लेख्ने दस्तावेजमा पनि दलित समुदाय मात्र भनेको छ,’ उनले भने । दलित समुदायमाथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने गौतमले बताए ।

‘दलित भनेको के ? आउँछ । हामीले संविधान बनाउँदा पनि ख्याल गरेनौं । अब ख्याल भएको छ । त्यो संशोधन हुनुपर्छ। दलित समुदाय भन्ने विषय अन्त्य गर्नुपर्छ । यस्तो थिचोमिचो कुरा गरेर भेदभाव अन्त्य हुँदैन,’ गौतमले भनेका छन् । बैठकमा बोल्ने अधिकांश सांसदहरूले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग राखेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७