मन्त्री खड्काद्वारा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त 


२०८१ पौष ३ बुधबार १५:५९ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्य नियुक्त गरेका हुन् । 

यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि बुधबार मन्त्री खड्काले केसी र पराजुलीलाई सदस्य नियुक्त गरेका हुन् । आचार्य नेकपा एस र पुन माओवादीको कोटाबाट सदस्यमा नियुक्त भएका थिए । 

केसी नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन) का अध्यक्ष हुन् भने पराजुली नेकपा एमाले निकट हुन् । उनीहरूको कार्यकाल चार वर्षको हुन्छ । पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा समेत जलविद्युत विज्ञ हुन् । रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा पराजुलीको नाम उल्लेख छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७